रुखबाट लडेर एक पुरुषको मृत्यु

कैलाली । कैलालीको गोदावरीका एक पुरुषको रुखबाट लडेर मृत्यु भएको छ।

विहिबार गोदावरी नगरपालिका – १ बनखेतीका ६० वर्षीय प्रेमबहादुर थापाको रुखबाट लडेर मृत्यु भएको हो।

भगवती सामुदायिक वनमा रुखको हाँगा काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएका थापाको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार