पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद अब हटाइयो

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद अब हटाइएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले अनुसन्धानका क्रममा स्थान हद लगाएको थियो। तर बुधबार आयोगसमक्ष पूरक बयान दिएपछि उक्त निर्णय फिर्ता गरिएको हो।

आयोगले बिहीबार गृहमन्त्रालयमार्फत लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गरिएको जानकारी गराइसकेको छ। यसअघि आयोगको असोज १२ गते बसेको बैठकले उनीमाथि स्थान हद लगाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

ताजा समाचार