ललितपुर । ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।
गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् ।
कारागार विभागले तोकेको समयसीमा अनुसार गत असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक गरिएको थियो ।

