रास्वपाको समानुपातिक सूचीमा तोसिमा कार्कीको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सूची समानुपातिकको मूल अवधारणाविपरीत रहेको भन्दै आफन्तवाद र नातावाद अन्त्य गर्न माग गरेकी छन्। समानुपातिक प्रणालीले पहुँच र शक्ति नभएका, भौगोलिक रूपमा पिछडिएका क्षेत्र—कर्णाली, सुदूरपश्चिम र गाउँका नागरिकको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

कार्कीले पार्टी नेतृत्वका आफन्त, पदाधिकारी र सचिवालय सदस्यहरू नै समानुपातिक सूचीमा अटाएकोप्रति असन्तुष्टि जनाउँदै यसले प्रणालीको औचित्यमाथि प्रश्न उठाएको बताएकी छन्। साथै, प्राइमरी भोटिङको भावना उल्लंघन भएको आरोप लगाउँदै पार्टीका भाइटल पदमा रहेका नेताहरूले समानुपातिक छोडेर प्रत्यक्ष निर्वाचन लड्नुपर्ने माग गरेकी छन्।

रास्वपाले समानुपातिक बन्दसूचीका लागि प्राइमरी भोटिङ गरे पनि अग्रपंक्तिका केही व्यक्ति नपरेको र केही सेलिब्रेटी तथा पदाधिकारी समेटिएको विषयमा पार्टीभित्रै विवाद देखिएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार