ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ मंगलबार भने प्रतितोला सात हजार नौ सय रूपैयाँ घटेको हो ।

सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रूपैयाँमा किनबेच भएको थियो । आज सुन प्रतितोला दुई लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।

सम्बन्धित समाचार

ताजा समाचार