काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सअगाडि १४४ रनको मध्यम लक्ष्य राखिदिएको छ।
कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीको पारी १९.४ ओभरमै समेटिँदै १४३ रनमा रोकियो।
कप्तान रोहित पौडेलले ३५ रन जोड्दै पारी सम्हालने प्रयास गरे । दिलिप नाथले ३१ रन, त्यसअघि ओपनर डार्सी सर्ट र सुमित महर्जनले समान १८–१८ रन जोडे तर अन्य ब्याटरले ठोस योगदान दिन नसक्दा लुम्बिनी सम्मानजनक स्कोरभन्दा केही पछाडि पर्यो।
रोयल्सका लागि अविनाश बोहरा र हर्मित सिंह घातक सावित भए। दुवैले तीन–तीन विकेट झारे भने हेमन्त धामीले दुई विकेट आफ्नो नामे पार्दै लुम्बिनीको रन प्रवाह रोकिदिए।
अब सुदूरपश्चिमले १४४ रनको लक्ष्य पछ्याउन मैदान उत्रँदैछ।

