विराटनगर । मेडिकल व्यवसायी तथा महाअभियान संयोजक दुर्गा प्रसाईंले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बन्न सेनापतिले अफर गरेको दाबी गरेका छन् ।
बिर्तामोडमा समर्थकलाई सम्बोधन गर्दै उनले प्रधानसेनापति अशोकराज सिग्देलले बोलाएर पहिलो पटक प्रधानमन्त्री प्रस्ताव गरे पनि अस्वीकार गरेको बताए । “म एक्का हुँ, अहिलेको राजनीतिमा अन्तिम अस्त्र म नै हो,” उनले भने ।
उनले प्रधानमन्त्री बनेपछि २० लाखभन्दा मुनिका सबै ऋण मिनाहा गर्ने घोषणा गरे । साथै, देशलाई बडीगार्डबिनै साधारण जनताबीच बस्न सक्ने नेतृत्व चाहिएको दाबी गरे ।
प्रसाईंले शीर्ष तीन दलका नेताहरूलाई ‘राजनीतिक सुकुमबासी’ भन्दै अब कसैले नपत्याउने टिप्पणी गरेका छन् ।

