क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष

काठमाडौं । सरकारले जेनजी युवाको आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ ।

सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री रामेश्वर खनालले सोही कोषको बनाएको जानकारी गराएका हुन् । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौं रुपैयाँको क्षति भएपछि सरकारले कोष बनाएको छ । त्यस्तो कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग गर्न सक्ने भएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माणका लागि सरकारलाई स्रोतको अभाव नरहेको बताए । उनले स्रोत अभाव नभएपनि विदेशमा भएका नेपालीले पुनर्निर्माणमा सहभागिता जनाउन चाहेकाले कोष बनाइएको बताएका छन् । निजी क्षेत्रसहित दातृ निकायहरुले कोषमा आर्थिक सहायता गर्न सक्नेछन् । उनीहरुले गरेको सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन(खर्च कट्टी गर्नसक्ने भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जानकारी दिए ।

उहाँले भौतिक पूर्वाधार पुनर्निर्माण समिति बनाइएको र त्यसका लागि आदेश जारी भइसकेको बताए । अर्थमन्त्री अध्यक्ष रहने गरी ५ सदस्यीय समिति बनेको र समितिमा गृहमन्त्री र शहरी विकासमन्त्री पनि सदस्य रहने उनको भनाइ छ।

सम्बन्धित समाचार

ताजा समाचार