कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, चुनेपानीमा एक वृद्ध साधुको ढुङ्गा प्रहार गरी हत्या गरिएको छ। मृतक ७८ वर्षीय रामनारायण डगौरा, जो कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थायी बासिन्दा थिए, उनी स्थानीय लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार, बुधबार राति डगौराको टाउकोमा ढुङ्गा प्रहार गरिएको थियो। डगौरा विगत १६ वर्षदेखि सोही स्थानमा साधु जीवन विताउँदै आएका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीले साधुको मृत्यु प्रकरणमा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ भने अपराधमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने काम पनि अघि बढाइरहेको छ।

