रूपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६ का ७५ वर्षीय रामरतन सैठवार र उनकी ६८ वर्षीया श्रीमती अकाली सिंह सैठवारको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरीका अनुसार बिहान मोटरको नाङ्गो तार जोड्ने क्रममा अकालीलाई करेन्ट लागेपछि बचाउन पुगेका रामरतन पनि विद्युत् प्रवाहमा परेका थिए।
दुवैको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

