अन्तरिम सरकारको पहिलो अध्यादेश जारी, निर्वाचन प्रक्रिया अघि बढ्ने बाटो खुल्यो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ मा आवश्यक संशोधन गर्ने अध्यादेशमा हस्ताक्षर गरेका हुन्। राष्ट्रपति कार्यालयको बुधबारको विज्ञप्ति अनुसार, संविधानको धारा ११४ को उपधारा १ अनुसार यो अध्यादेश जारी गरिएको हो।

अध्यक्ष अध्यादेश जारी भएपछि निर्वाचन आयोगले फागुन २१ मा तय भएको निर्वाचन प्रक्रियालाई अघि बढाउन सक्ने भएको छ। वर्तमानमा संसद नहुँदा अन्तरिम सरकारले अध्यादेशकै माध्यमबाट निर्णय र कार्यवाहि अघि बढाउनुपर्ने बाध्यता रहेको छ। यसैक्रममा सरकारले पहिलो अध्यादेश लागू गरेको हो।

सम्बन्धित समाचार

ताजा समाचार