काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा पहिलो पटक सार्वजनिक रूपमा देखिएका छन्।
मंगलबार ओली पार्टीका नेताहरुको उपस्थितिमा नयाँ निवासमा आएर कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका थिए। उनका समर्थक र पार्टीका विभिन्न नेताहरु उनीलाई भेट्न गुन्डुस्थित निवासमा पुगेका थिए।
गत भाद्र २४ गतेको जेनजी आन्दोलन पश्चात प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली आज पहिलोपटक सार्वजनिक रुपमा देखिँदा पार्टीभित्र उत्साहको माहोल बनिएको छ।

