काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी टोपबहादुर रायमाझी फेरि कारागार भित्रिएका छन्। जेनजी आन्दोलनको समयमा, भदौ २४ गते सुन्धारा कारागारबाट भागेका उनी दुई हप्तापछि पुनः कारागार फर्केका हुन्।
कारागार स्रोतका अनुसार, मंगलबार रायमाझीलाई कारागारमा प्रवेश गराइएको हो। उल्लेखनीय छ कि भदौ २४ गते सुन्धारा कारागारबाट मात्र ३३ सय कैदीबन्दी भागेका थिए भने देशभरका विभिन्न कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए। हालसम्म करिब आधा भाग फिर्ता भइसकेका छन्।
रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश, विशेषगरी अमेरिकामा लैजाने प्रयास गरेको आरोप छ। काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षका लागि कारागारमा राखिएका हुन्।

