काठमाडौं । मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सचिव दुवाडीलाई हटाएर नयाँ सचिवको रूपमा रक्षासचिव रामेश्वर दंगाललाई नियुक्त गरेको छ। दुवाडी अब योजना आयोगमा कार्यरत हुनेछन्।
त्यस्तै, रक्षासचिव दंगालको ठाउँमा योजना आयोगका सचिव एकनारायण अर्याल नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, मन्त्रिपरिषद्ले आइतबार साँझ निर्णय गरेको यो सरुवा सोमबार सार्वजनिक बिदा रहेकाले मंगलबार मुख्यसचिवले औपचारिक रूपमा प्रमाणित गरेका हुन्।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको समयमा सचिव दुवाडीमाथि प्रहरी बल प्रयोग गर्न निर्देशन दिएको आरोप लागेको थियो।

