काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आयोजना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् ।
गत वर्षहरु जस्तो अन्य पूर्वप्रधानमन्त्री एवं मन्त्रीहरु देखिएनन् । उनीहरुले आ–आफ्ना पार्टी कार्यालयमा संविधानको रक्षाका लागि खबरदारी गर्दै संविधान दिवस मनाएका छन् ।
जेनजी आन्दोलनपछि उत्पन्न अहिलेको विशेष राजनीतिक परिस्थितिमा सैनिक मञ्च टुँडिखेलको कार्यक्रममा विगतको जस्तो साँस्कृतिक झाँकीलगायत कार्यक्रम पनि राखिएको छैन । नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले ब्याण्ड लगायतका प्रस्तुति गरेका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।

