कांग्रेस पार्टी कार्यालयमा १२ करोड बढीको क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीबाट नेपाली कांग्रेसको पार्टी कार्यालयमा १२ करोड बढी रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ ।

पार्टीको कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन)ले क्षतिबारे अध्ययन गरिरहेको छ । यस क्रममा कार्यालयमा १२ करोडको क्षति भएको अनुमान गरिएको हो ।

सीडेनले लगभग सबै अध्ययन गरे पनि गाह्रोको अध्ययन गर्न बाँकी छ । सिभिल इन्जिनियरलाई बोलाएर त्यसको पनि अध्ययन गरेपछि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार