२१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुला

काठमाडौं। न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुला गरेको छ। आयोगको ३१ भदौको बैठकले सूचना जारी गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले संविधानले तोकेको प्रतिशतअनुसार परीक्षाबाट न्यायाधीश नियुक्तिका लागि विज्ञापन गरेको हो।

आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासीरजनजाति २ र मधेशी १ जनाको कोटा खुलाएको छ।विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार

ताजा समाचार