संविधान दिवस साधारण तरिकाले मनाइने

काठमाडौं। सरकारले यस वर्ष संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ। गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यका अनुसार असोज ३ गतेको संविधान दिवस विशेष कार्यक्रम बिना साधारण तरिकाले मनाइनेछ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई विगतमा मूल समारोह समिति बनाएर सैनिक मञ्चमा भव्य कार्यक्रमसहित मनाइँदै आएको थियो।तर यसपटक ठूलो सभा(समारोह नगरी मात्र दिवस मनाइने तयारी भएको हो।

नेपाली सेनाले पनि संविधान दिवस सामान्य रूपमा मनाउने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार