जेनजी आन्दोलनः सहिदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरियो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्राण गुमाएका सहिदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

पोष्टमार्टम सकिएपछि शव टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा लगिएको हो । गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

राष्ट्रिय सम्मानपछि आफन्तजनले आर्यघाटमा दाहसंस्कार सम्पन्न गरेका छन् । ज्यान गुमाएका सहिदमध्ये ४ जनाको पशुपतिमा अन्त्येष्टि गरिएको छ भने ६ जनाको शव हेलिकोप्टरमार्फत काठमाडौं बाहिर दाहसंस्कारका लागि पठाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार