नवनियुक्त अर्थमन्त्री खनालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।

सोमबार दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार