कञ्चनपुर । जेनजीको आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका खुलेको छ । जेन जी आन्दोलन पछि भारतीय सीमा सुरक्षा बलले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएकोमा ५ दिनपछि खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ ।
भारतीय सीमासुरक्षा बल ९एसएसबी०ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमासुरक्षा बल ९एसएसबी०ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।

