महान्यायाधिवक्ता रमेश बडाल पदबाट हटे

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पद त्याग गरेका छन् ।

भदौ २४ गते उनले राजीनामा दिएको पुष्टि महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले गरेका छन् । राष्ट्रपति कार्यालयले आइतबार मात्र उक्त राजीनामा औपचारिक रूपमा महान्यायाधिवक्ता कार्यालयमा पठाएको हो ।

बडाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार