आन्दोलनका कारण गृह मन्त्रालयको भवन ध्वस्त, स्थानान्तरण हुँदै

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनमा गृह मन्त्रालयको भवन ध्वस्त भएपछि मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी सुरु गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रयोग गर्नुपर्ने नयाँ भवन भएकाले गृह मन्त्रालयको स्थानान्तरण आवश्यक भएको हो। प्रवक्ता आनन्द काफ्लेका अनुसार हालको भवन प्रयोगका लागि अयोग्य बनिसकेको छ।

पहिले त्यही भवनमा परराष्ट्र मन्त्रालय सार्ने योजना थियो, तर आन्दोलनले परिस्थितिमा परिवर्तन ल्याएको छ।

सम्बन्धित समाचार

ताजा समाचार