मुलुकभर साढे ११ हजार कैदीबन्दी अझै फरार

काठमाडौं । कारागार व्यवस्थापन विभागले मुलुकभर साढे ११ हजार कैदीबन्दी अझै फरार भएको जनाएको छ ।

विभागका खुसार देशैभरीका २६ वटा कारागारबाट भागेका मध्ये केही कैदीबन्दी कारागार फर्किएता पनि अझै ११ हजार ४ सय ६१ कैदीबन्दी फरार रहेका हुन् ।

२६ कारागारबाट १२ हजार ८ सय १७ र बाल सुधार गृहबाट ९ सय ६२ गरी १३ हजार ७ सय ७९ कैदीबन्दी फरार भएका थिए । जसमध्ये पक्राउ र आफैं फर्कनेको संख्या २ हजार ३ सय १८ रहेको विभागले जानएको छ ।

जेनजीको आन्दोलन उग्र बनेपछि यहि भदौ २४ गगते कारागार तोड्फोड र आगजनी गर्दै कैदीहरू फरार भएका थिए । सुन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’देखि अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसम्म फरार भएका थिए ।

त्यसैगरी सोही समयमा नक्कली भुटानी शरणाथी प्रकरणमा कारागारमा रहेका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र सहकारी ठगीको आरोपमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जेलमुक्त भएका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार