काठमाडौं । नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते जेन–जी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक गाडी आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ देखि १० बजेसम्म दर्जनौं गाडी काठमाण्डौ उपत्यकाबाट बाहिरिएको जानकारी दिनुभयो । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति निकालेर विषम परिस्थितिमा गाडी नचलाउन मातहतका सङ्घ–संस्थालाई निर्देशन दिएको थियो ।
अहिले गाडी आफूखुशी बाहिरिएका हुन् ।

