लमजुङ काँग्रेसले कार्यकर्ताहरुलाई गर्यो यस्तो अपिल (प्रेस बिज्ञप्तीसहित)

लमजुङ । नेपाली कांग्रेस लमजुङले लोकतान्त्रिक संविधानको व्यवस्थामाथि आक्रमण भइरहेको भन्दै आफ्ना कार्यकर्ताहरुलाई कत्तिपनि निराश नबनी उच्च मनोबलका साथ पार्टीले आवह्वान गरेका कार्यक्रमहरुमा सक्रिय सहभागी हुन अपिल गरेको छ ।

जिल्ला कार्य समिति, लमजुङका सभापति डा. टकराज गुरुङद्वारा जारी विज्ञप्तीमा हालै जेनजी समूहको नाममा भएको आन्दोलनमा देखिएको हिंसात्मक स्वरूपले लोकतान्त्रिक मूल्य र जनतामा भय फैलाएको उल्लेख छ गरेका छन् । विज्ञप्तीमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी एवं पुर्वमन्त्री डा. आरुजु राणा देउवामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीले तीव्र निन्दा व्यक्त गरेको छ ।

जारी विज्ञप्तीमा नेपाली जनताको भावनासँग नेपाली काँग्रेस सधैं जनताको साथमा रहने समेत उल्लेख छ ।

कांग्रेसले शान्तिपूर्ण आन्दोलनलाई स्वीकार्य तर हिंसात्मक, आतङ्कवादी शैलीको प्रदर्शनलाई अस्वीकार्य हुने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “जनताको शीरमा बोकेको पार्टी नेपाली कांग्रेस सदैव सार्वभौमिकता, स्वतन्त्रता र गणतन्त्रको पक्षमा अग्रसर रहँदै आएको छ । तर, पछिल्ला गतिविधिले जनतालाई नै आतंकित बनाएको छ ।”

हेर्नुहोस् प्रेस विज्ञप्तीः

सम्बन्धित समाचार

ताजा समाचार