शेरबहादुर देउवा दम्पत्तिको स्थिती कस्तो छ ?

काठमाडौं । जेनजी प्रर्दशनको क्रममा कुटिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ताजा अवस्था कस्तो छ भन्ने बिषयले पछिल्लो समय चर्चा पाएको छ ।

स्रोतकानुसार शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ ।

सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिक अधिकारीहरू बताउँछन् । त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ ।

योसँगै देउवा पत्नी आरजु देउवा पनि खतरामुक्त भइ सुरक्षित स्थानमा रहेको जानकारी प्राप्त भएको छ ।

मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार