काठमाडौं । राजावादी आन्दोलनका कारण झनै चर्चा कमाएका व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौंमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् ।
उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।
सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँ सहभागी हुने भएका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्याएको भन्दै उनले धन्यवाद दिएका छन् ।

