एमाले विधान महाधिवेशनः नेतृत्वमा केपीशर्मा ओली निर्विकल्प

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गतका कार्यक्रम भइरहेका छन् । गत बिहीबारबाट सुरु भएको विधान महाधिवेशनमा शनिबार प्रस्तुत प्रतिवेदनमाथि प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथिको छलफलपछि आइतबार समूहका नेताले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाइसकेका छन् भने केही समूहका नेताले सुनाउने क्रम जारी छ । निष्कर्ष सुनाइसकेका समूहका नेताले एमाले नेतृत्वमा केपी शर्मा ओली निर्विकल्प रहेको बताएका छन् ।

प्रतिवेदन पेस गर्दै सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङल, बागमतीका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेश प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल र कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले एमाले नेतृत्वमा केपी शर्मा ओली निर्विकल्प रहेको आफ्नो समूहको निष्कर्ष रहेको जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार