काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन् ।
पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढंगले संवेदनशील बनाइएको जिकिर गरे ।
ओलीले यसो भनिरहँदा महाधिवेशनस्थलमा विद्या भण्डारीको सन्देश भन्दै हजारौँ चिट्ठी वितरण भइरहेका छन् । ८ देखि १० हजार चिट्ठी बाँड्ने लक्ष्य रहेको चिट्ठी बाँड्नेहरूले बताएका छन् ।

