काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि अस्ट्रेलियाका चर्चित खेलाडी क्रिस लिन सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । लिनलाई सुदूरपश्चिम रोयल्सले आफ्नो टोलीमा समावेश गरेको हो ।
विदेशी खेलाडीका रूपमा क्रिस लिनलाई टोलीमा अनुबन्ध गरिएको सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ । ३५ वर्षीय क्रिस लिन प्रभावशाली ब्याट्सम्यान हुन् ।
लिनलाई टोलीमा अनुबन्ध गरेपछि आफूहरू उत्साही भएको क्लबले जनाएको छ । क्रिस लिनले अस्ट्रेलियाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चार एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ७५ रन बनाएका छन् ।

