सरकारविरुद्ध सडक संघर्षको तयारी गर्दै माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष शुरु गर्ने गरी तयारी गरेको जानकारी गराएका हुन् । सरकारले जनताका मागहरू सम्बोधन नगरेको र सुशासनको मामला कमजोर भएको उनको भनाइ छ । भ्रष्टाचार झन्झन् बढेको उनले बताए ।

प्रवक्ता सापकोटाले मध्यपहाडी लोकमार्गमा यहि भदौ २१ गतेदेखि पार्टीको अभियान पुनः शुरु गर्ने निर्णय समेत गरेको बताएका छन् । पार्टीको अनुशासन र गुट(उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार