सामाजिक संञ्जाल बन्द गर्ने निर्णयबारे के भन्छन् सञ्चारमन्त्री गुरुङ ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको संविधान र कानुन नमानेका कारण सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गर्नुपरेको प्रस्टीकरण दिएका छन् । बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री गुरुङले दर्ताविहीन सामाजिक सञ्जाल कम्पनीका प्रतिनिधिसँग नेपाल सरकाले कूटनीतिक माध्यमबाट कुराकानी गरे पनि उनीहरूले अटेरी गरेको बताए ।

मन्त्री गुरुङका अनुसार, यसअघि एउटा फैसलामा सर्वोच्च अदालतले नेपालमा सञ्चालन हुने सम्पूर्ण सामाजिक सञ्चाललाइ व्यवस्थित गर्न निर्देशन दिएको हुँदा सरकारले यो कदम चाल्नुपरेको हो ।

अब दर्ता नभएका सबै सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको गुरुङले जानकारी दिए । उनका अनुसार, दर्ता हुनेबित्तिकै तिनलाई सक्रिय बनाउन प्राधिकरणलाई भनिसकिएको छ ।

९ भदौको मन्त्रीपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयले १२ भदौमा सूचना निकाल्दै नेपालमा सञ्चालन भएका तर सूचीकरण हुन बाँकी सबै सामाजिक सञ्जाल कम्पनीलाई दर्ताका लागि अन्तिम पटक भन्दै ७ दिनको समय अवधि दिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार