काठमाडौं । अछाममा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको प्रजिअ सारुले बताए ।
तुर्माखाँदका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५र७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १५ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

