नाडाको विवादमा प्रशासनको हस्तक्षेप, विशेष साधारणसभा अनिश्चित

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भदौ २४ गतेका लागि बोलाएको विशेष साधारणसभा अनिश्चित बनेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेपछि नाडालाई हाललाई साधारणसभा नगर्न निर्देशन दिइएको हो।

प्रशासनले विधान विपरीत विशेष साधारणसभा बोलाइएको भन्दै सात दिनभित्र स्पष्टिकरण मागेको छ। साथै, विधान संशोधनसम्बन्धी विवाद किन समाधान हुन सकेन भन्ने प्रश्न पनि प्रशासनले उठाएको छ।

हालै सम्पन्न ‘नाडा अटो शो–२०२५’ पछि संस्थालाई महासंघमा रूपान्तरण गर्ने निर्णयसँगै विशेष साधारणसभा बोलाइएको थियो। तर, अध्यक्ष करण चौधरी र वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाबीचको विवाद टुंगोमा नपुगेकाले अझै अनिश्चितता छाएको छ।

गोल्छा पक्षले विधान संशोधन पारदर्शी नभएको आरोप लगाउँदै चौधरीमाथि असन्तुष्टि प्रकट गर्दै आएको छ भने चौधरी पक्षले प्रक्रिया अगाडि बढाइरहेको दाबी गरेको छ। आन्तरिक विवाद गहिरिँदै जाँदा गोल्छा समूहले छुट्टै संस्था ‘नाइमा’ समेत गठन गरिसकेको छ।

सम्बन्धित समाचार

ताजा समाचार