काठमाडौं । माछापोखरी स्थित स्वाती सदन माध्यमिक बिद्यालयद्वारा आयोजना गरिएको “Student’s Success Blueprint: Training on Goal Setting, Good Habit and Mental Wellness” प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपालका चर्चित मोटिभेटर, प्रोफेसनल स्पिकर, काउन्सेलर, होलिस्टिक हीलर तथा Peace Education Training Pvt. Ltd. का संचालक इश्वर श्रेष्ठले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए । विद्यार्थीहरूलाई लक्ष्य निर्धारण गर्ने तरिका, सकारात्मक बानीको विकास, आत्मविश्वासको निर्माण र मानसिक सन्तुलन कायम गर्ने उपायहरूबारे जीवन उपयोगी प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा कक्षा ५ देखि १० सम्मका २५० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए र उनीहरूले प्रशिक्षणबाट नयाँ ज्ञान, प्रेरणा तथा जीवनका लागि उपयोगी मूल्यहरू सिकेको प्रतिक्रिया दिएका छन्।
विद्यालय प्रशासनले कार्यक्रमको सफल आयोजनामा सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सिर्जनात्मक र प्रेरणादायी कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिएको छ।
खाजाको व्यवस्थासहित सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूको मानसिक सुदृढीकरणमा थप टेवा पुर्याएको विश्वास गरिएको छ।
बिहान ११ बजे सुरु भएको कार्यक्रम दिउँसो ३ बजे सम्पन्न भएको थियो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

