वैदेशिक रोजगारमा गएका युवालाई काँग्रेससँग जोड्न जरुरीः अब्दुल सत्तार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले नेपाली काँग्रेसले अब अनुशासनको पालना गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस लम्जुङको संगठन पछिल्लो तरुण दलको अधिवेशनले देखाएको सत्तारले टिप्पणी गरेका छन् ।

लम्जुङस्थित आयोजित सय दिने कार्यक्रममा केन्द्रिय सदस्य सत्तारले पार्टीले गरेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको निर्देशन निर्देशिकाको बिषयमा कुन बिषय संसोधन हुँदैछ भन्ने स्पष्ट नभएको उल्लेख गरेका छन् ।

नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरुलाई नजोडिएकोप्रति समेत उनले आपत्ति जनाउँदै उनले भने,—‘जबसम्म क्रियाशिल सदस्यहरुलाई प्रशिक्षित गर्न सक्दैनौँ तबसम्मको प्रशिक्षणले प्रशिक्षकहरु उत्पादन गर्न सक्छौँ पार्टीको मेरुदण्डको रुपमा रहेका सदस्यहरुसम्म पुग्न सकेनौँ भने प्रशिक्षण अधुरो रहन्छ ।’

केन्द्रिय सदस्य सत्तारले पार्टीको नीति तथा अनुसाशन प्रशिक्षण विभागलाई पार्टीको हित स्वरुप प्रशिक्षणलाई अगाडी बढाउन आवश्यक तयारी गर्न समेत उनले अनुरोध गरेका छन् ।

बैदेशिक रोजगारीमा रहेका सबै युवाहरुलाई नेपाली काँग्रेससँग जोड्न जरुरी रहेको केन्द्रिय सदस्य सत्तारले बताएका छन् । उनले काँग्रेसले यो एजेण्डा ल्याएकोमा स्वागतयोग्य रहेको बताए । उनले भने,—‘भारतमा भएका कार्यक्रमहरुमा पार्टीका नेताहरु जाँदा देखिएको माहोलले भारतमा रहेको जनसम्पर्क समितीलाई त्यहाँ रहेका जनताहरुको बारेमा सोधेका छौँ कि छैनौँ ? नेपाली काँग्रेसप्रति उहाँहरुको धारणा कस्तो छ ? यी बिषयहरुमा भारतीय जनसम्पर्क समितीमा सोधपुछ गर्न पार्टीसँग अनुरोध गर्दछु ।’

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितीको बैठकमा पनि अनुसाशन समिती अनुसाशित नदेखिएको उनले बताए । ब्यक्तिगत रुपमा अनुशासनको पालना नभएको टिप्पणी गरे । अनुशासन समितीले आफ्नो जिम्मेवारी बिर्सेर काम गर्न सकेन भने समिती बनाएको पनि कुनै अर्थ नभएको बताएका छन् ।

अनुसाशन समितीले गएको निर्वाचनमा तटस्थ रहेर काम गर्न सकेन भने आउने निर्वाचनमा अन्य नोक्सान हुन सक्ने बताउँदै उनले भने,—‘अहिले हामीले नोक्सान देखिरहेका छौँ तर समितीले आफ्नो काम गर्न सकेनौँ भने झन् खतरा बढ्ने छ ।’

सम्बन्धित समाचार

ताजा समाचार