काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्ला भइ बहने खोला तथा नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै देशका विभिन्न ५० जिल्ला भइ बहने साना तथा ठूला नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।
आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रसुवा, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ ।
त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।

