त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल

काठमाडौं । नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन नसकिएको बताएका छन् ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । उनले नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसलाई पनि राम्रोसँग व्यवस्थित गर्न नसकिएको बताएका छन्। विमानस्थलमा निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने समस्या रहेको बताए ।

उनले भने, ‘नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यसलाई व्यवस्थित बनाउने सन्दर्भमा हामीले प्रतिनिधि सभाको बैठकमा पनि पटक पटक आवाज उठाइरहेका छौँ । तर विमानस्थल थप व्यवस्थित हुन सकिरहेको अनुभुति भएको छैन । यहाँ निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने, जहाँज आउँछ, त्यसपछि इमिग्रेसनमा पनि चुस्त किसिमको सुविधा छैन । लगेज डेढ घण्टासम्म कुनुपर्ने स्थिति छ ।’

सांसद ढकालले विमानस्थलको कारण नै विदेशी नागरिकहरु नेपालमा आउनबाट भागिरहेको बताए । विमानस्थलमा सुविधाहरु यात्रुलाई दिन नसकिएको बताए । त्यसले देशकै बेइज्जत भइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार