काँग्रेस एउटा सिद्धान्त होः अब्दुल सत्तार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले बिभिन्न विवादकाबीच पार्टीलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा केन्द्रित भएर अगाडी बढ्नुपर्ने बेला आएको बताएका छन् । कपिलबस्तुमा आयोजिक एक कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य सत्तारले यस्तो बताएका हुन् ।

उनले जिल्लामा कार्यसमिती पुरा भयोकि भएन ? समितिले समयमा बैठक बोलाउछ कि बोलाउदैन ? जिल्लामा भएका भातृसंस्थाले पुर्णता पाएका छन् की छैनन् ? प्रदेश समिती पुरा भएका छन् कि छैनन् ? क्षेत्रिय समिति पुरा भएका छन्कि छैनन् ? वडामा के भइरहेको छ ? भातृसंस्थाहरुको अवस्था के छ ? टोल समितिको अवस्था के छ ? विगतमा जनप्रतिनिधिहरुले गर्न नसकेका बिषयबस्तु के हुन् ? लगायतका बिभिन्न बिषयबस्तुको बारेमा सुक्ष्म ढंगले जानकारी लिइ पार्टी र जनताको हितमा काम गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने,–‘मलाई अचम्म लाग्छ । संघमा हेरौं सबैभन्दा ठुलो दल नेपाली काँग्रेस छ । प्रदेशको हकमा ४ वटामा हाम्रै नेतृत्व छ । बाँकीमा हामीले सहकार्य गरेका छौँ, अनि स्थानिय तहमा हेरौँ सबैभन्दा बढि अध्यक्ष उपाध्यक्षमा हामी नै छौं । हमी विपीका कार्यकर्ता हौँ । सुन्ने शक्ति सिद्धान्तपनि हामीलाई छ । जनताको बहसले हामी कहिल्यै रिसाउँदैनौँ जनताको सुझावका आधारमा अगाडी बढ्छौँ ।’

केन्द्रिय सदस्य सत्तारले काँग्रेसका हरेक स्थानिय तहका जनप्रतिनिधिहरुले जनताको आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । पार्टीभित्रबाट जनताका लागि काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

काँग्रेस एउटा सिद्धान्त भएको सत्तारले बताएका छन् । कपिलबस्तुका स्थानिय जनप्रतिनिधी देखि नेता कार्यकर्ताहरुलाई जनताको हितका लागि अगाडी बढ्न सुझाव दिएका छन् । स्थानिय मजदुर, किसान, ब्यापारी लगायतका आम सर्वसाधारण जनताहरुका हितमा अगाडी बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

आदिवासी, जनजाति, दलित, मुस्लिमहरुलाई पनि समाजमा अन्य जातजातिको जस्तै महत्व रहेको बताउँदै उनीहरुका आवश्यकता पहिचान गरी अगाडी बढ्न पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सत्तारले कपिलबस्तुका नेता कार्यकर्ताहरुलाई काँग्रेसी भएर मात्र काम गर्न समेत निर्देशन दिएका छन् । उनले अब हुने पन्ध्रौँ महाधिवेशनबाट सबै गुटको अन्त्य भइ स्वच्छ नेपाली काँग्रेस हुने समेत दाबि गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार