डिभी लोटरी अब मूल्य तिरेर मात्रै भर्न पाइने

काठमाडौं । नेपाली युवाले अमेरिकी ग्रीनकार्डको सपना देख्ने चर्चित डिभी लोटरी चिठ्ठा अब मूल्य तिरेर मात्रै भर्न पाइने भएको छ । अमेरिकी संसदमा हालै पेस भएको नयाँ विधेयकले आवेदन दर्ता गर्न मात्रै २५०अमेरिकी डलर प्रवेश शुल्क तिर्नुपर्ने प्रस्ताव राखेको छ।

लोटरीमा नाम परेपछिको भिसा प्रक्रिया शुल्क पनि हालको करिब ३३० डलरबाट बढाएर ४०० डलर पुर्‍याउने तयारी गरिरहेको छ।

यसले डिभी लटरी प्रक्रिया अझै महँगो र चुनौतीपूर्ण बनाउन सक्छ, विशेषगरी नेपाल जस्ता विकासोन्मुख देशका लागि, जहाँ थुप्रै आवेदकले यसलाई जीवन बदल्ने अवसरको रूपमा हेर्दै आएका छन्।

अमेरिकी प्रतिनिधि सभामा पेस भएको ‘बिग ब्युटिफोल बोर्डर सेक्युरिटी एक्ट’ नामक विधेयकको एउटा अध्यायमा यो शुल्क समावेश गरिएको हो।

यस प्रस्तावका समर्थकहरूले अमेरिकाको सीमा सुरक्षा सुदृढ गर्न र भिसा प्रणालीलाई थप जिम्मेवार बनाउन यस्तो कदम आवश्यक रहेको बताएका छन्।

तर, विरोधीहरूले भने यो डिभीको मूल मर्म तथा विविधता र समान अवसर समाप्त गर्ने नीति भएको भन्दै आलोचना गरेका छन्। अमेरिकी राजनीतिमा चलिरहेका यी परिवर्तनहरूले यो अवसर अझै महँगो र अप्ठ्यारो बनाउने संकेत देखिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार