काठमाडौं । शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।
सोही अनुसार समिति सदस्यहरूले उक्त विषयमा सहमति गरेका हुन् । बाल विकास शिक्षालाई आधारभूत शिक्षामा समेटिएको हो । प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षामा समावेश गरिएको हो ।
बाल विकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा बढीको सञ्चालन गर्न नपाउनेगरी सहमति जुटेको हो ।

