काठमाडौं । कलाकार दीपकराज गिरीले गायिका एलिना चौहान र समीक्षा अधिकारी लगायतले सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध सुरु गरेको ‘एक्सपोज’ अभियानको प्रशंसा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्। गाली सम्राटहरुको हर्कत सामाजिक सञ्जालमै उदांगो पार्ने काम प्रशंसनीय भएको बताएका छन्।
कलाकार गिरीले गायिका अधिकारीको कलाको मात्रै नभई साहसको समेत प्रशंसा गरेका छन्।

