सामाजिक संञ्जालमा कलाकारमाथि अभद्र व्यवहार गरे कानुनी कार्वाही हुने

काठमाडौँ । कलाकारहरुले सामाजिक संञ्जालमा आफुमाथि हुने गरेका अभद्र टिप्पणीमा अब कानुन बमोजिम कार्वाही गर्ने भएका छन् ।

सामाजिक सञ्जालहरुमा हुने दुव्र्यवहार र असभ्य टिप्पणी लुकाउने र सहने परिपेक्षबाट कलाकार बाहिर निस्कन थालेका छन् । आफूमाथि हुने गरेका दुव्र्यवहारको जवाफ सञ्जालबाटै समेत दिन थालेका छन् ।

चर्चित गायिका एलिना चौहानले फेसबुक लाइभमार्फत संञ्जालमा गाली गर्ने जोकोहीलाई विरुद्ध उजुरी गर्ने चेतावनी दिएकी छन् ।

त्यस्तै, टिकटक हुँदै म्युजिक भिडियोमा छाउन सफल बिभिन्न कलाकारहरुले पनि संञ्जाल मार्फत असभ्य भाषा प्रयोग गरी गाली गलौँच गर्नेहरु विरुद्ध कलाकार एकजुट भएर कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिएका छन् ।

कलाकारको कामका बारेमा टिप्पणी गर्न पाइने तर व्यक्तिगत जीवन र चरित्रमाथि प्रश्न उठाउने अधिकार कसैलाई नभएको चर्चित कलाकार ऋचा शर्माको भनाइ छ ।

उनले कलाकारलाई पनि आफु गलत नभए खुलेर आवा उठाउन पनि सुझाव दिएकी छन् ।

यसअघि समीक्षा अधिकारीले आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक जनाको बिषयमा सार्वजनिक समेत गरेकी थिइन् । जसकारण एक दिनमै प्रयोगकर्ताले समीक्षासँग माफी मागेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार