काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले आर्थिक बर्ष ०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउदै अगामी बर्षहरुमा खासगरी युवाहरुका लागि निश्चित बजेटको आवश्यक्ता रहेको बताएका छन् ।
सत्तारसँग छिटो पोष्टका संवाददाता अंकित कुँवरले गरेको कुराकानी जस्ताको त्यस्तैः
आर्थिक बर्ष ०८२/८३ को बजेटप्रति तपाइको धारणा के छ ?
बहुमतले पारीत हुने कुरामा त शंकै भएन । दुइ तिहाइको सरकारले जुन बजेट समयानुकुल ल्याउनुपर्ने थियो, जुन समयको माग थियो, जुन जनताको माग थियो त्यो अनुकुल अहिलेको बजेट आएको देखिदैन । यो गणतन्त्र आएपछि जुन किसिमको बजेटमा एउटा नयाँपन छ वा पहिले भन्दा अहिले बजेट ठिक छ तर जनताको चाहाना यो होइन । जनताको चाहाना यो भन्दा राम्रो आउनुपर्छ भन्ने थियो । तर राम्रामे पनि आउन सक्थ्यो यो दुइ तिहाइको सरकारले ल्याउने बजेट अनुकुल भएन र सरकारको प्रतिनिधुत्व गर्ने खालको आएन ।
सत्तापक्षकै नेताहरुले यो बजेट ठिक छैन भनेर प्रतिक्रियाहरु दिइरहेका छन् नि ?
हो । बजेट ठिक छ वा छैन त्यो उहाँहरुले दिने प्रतिक्रिया हो । बजेट जुन किसिमको एउटा पहिले सांसदले छुटउने एउटा परम्परा थियो त्यो परम्परालाई अहिले काटेकाले पनि सांसदहरु ीबचरण हुनुभएको छ । अलिकति सांसदहरु मेरो जिल्लामा बजेट परेको छकि छैन भन्ने हेक्का नराखिकन रोष्टममा गएर केहीनकेही बोलेको अनुभव हुन्छ । तर यति भन्दै गर्दापनि बजेट चाहीँ राम्रो होइन फेरी कुन मानेमा भनिरहेको छु भने बजेटले जसरी छरिएको अवस्था छ यो गणतन्त्र पछिको बजेटले के अनुभव गर्नुपथ्र्यो भने हामीले जुन पाँच लाखसम्मका साना समुहहरुलाई मन्दिर लगायतका भवनहरुकलाई अथवा जहाँ आवश्यक छैन यस्ता खालका बजेटहरुले नोक्सान मुलुकलाई पुर्याएको छ । यो अहिलेको दुइतिहाइको सरकारले ढिक्का बनाउनुपथ्र्यो बजेटलाई फेरी पुरानै परम्परा अनुसार छ । जुन सांसदले चुनाव जित्नका लागि जुन बाड्ने परम्परा थियो भले सांसदले आफ्नो हातले बाड्न नपाएपनि यो बजेटको लक्ष्य चाहीँ पुरानै लक्ष्यतिर उन्मुख भएर गएको देखिन्छ ।
उभो भए तपाईले यो बजेट जनमुखि भएन भन्नुहुन्छ ?
बजेट जनमुखि भएन । जनताले अहिले चाहेको बिकास छ नि बिकास त जनताले अर्को पाँच बर्षपछि अर्को बिकास चाहान्छ । अब आउने ०८४ को निर्वाचन पछि ०८४ सम्मका जनताहरुको चाहाना अहिलेको होइन फरक चाहान भैसकेको हुन्छ र बिकासको मोडल पनि फरक हुन्छ ।
बजेटको छलफलमा स्वतन्त्र सांसद् अम्रेशकुमार सिंहले नेपालका ४/५ जिल्ला बाहेक अन्य जिल्लालाई लिजमा दिए हुन्छ भन्ने अभिब्यक्ति दिनुभयो यो बिषयप्रति तपाइको धारणा के छ ?
अम्ररेश जिले जुन कुराहरु संसद्मा राख्नुभयो अहिले मात्र होइन बिगतदेखि राख्दै आउनुभएको छ । कपडा खोल्नेदेखि लिएर धेरै कुराहरु राख्दै आउनुभएको छ । उहाँको भनाइमा जुन कुराहरु हामीले जनतालाई सिकाउनु हुँदैन, सुनाउनु हुँदैन त्यो कुरा उहाँले भनिराख्नु भएको छ । त्यसको पोजेटिभ कुरा वा भाव मुलुकका लागि जाँदैन । उहााले त्यसो भन्न हुँदैन थियो । लिजमा दिउँ भन्ने एउटा सांसदले जनताद्धारा निर्वाचित प्रतिनिधीले उहाँको क्षेत्रमा बजेट पर्यो की परेन उहाँको कुरा हो तर उहाँले जुन किसिमको आफ्नो भनाई राख्नुभयो एउटा जिम्मेवार ब्यत्तिले मुलुकप्रति देखाउने बोल्ने कुरा भएन । उहाँले जुन कुरा भन्नुभा छ त्यस्मा म पुर्णरुपमा असहमत छु ।
विगतका बर्षहरुमा बजेट युवामुखी भएन तर यो बजेटले युवा आवाज सुन्छ भन्ने बिस्वास कत्तिको छ तपाइलाइ ?
बास्तममा केहो भने बैदेशिक रोजगारको सिलसिलामा अन्य देशहमा जान्छन् । बैदेशिक रोजगारमा जाने युवाहरुको बाध्यता पनि छ । यसलाई हामीले गलत ब्याख्या गरेर युवाहरुलाई बाहिर जानबाट रोक्नु हुँदैन । यो उस्को अधिकारको कुरा हो । कमाउन पाउनु पर्छ तर बेरोजगार भएर बसाल्नु हुँदैन भन्ने मान्यता चाहीँ नेपाली काँग्रेसको होइन ।
संसद बैठकमै बजेट पुस्तक च्यात्ने सांसदहरुको त्यो चर्तिकला देख्दा तपाईलाई के लाग्छ ?
एउटा त्यो बच्पना हो । सस्तो लोकप्रियता हो । अब सस्तो लोकप्रियताले काम गर्दैन की समय त्यो भन्दा अगाडी बढिसक्यो । एक समय थियो बाटामा कराएको भरले गाली गरेका भरले अथवा काँग्रेसलाइ गाली गरेको भरले नयाँ पार्टीहरु आए अब त्यो समय छैन । अब कसैलाई गाली गरेको भरमा चुनाव जित्न सक्ने अवस्था रहँदैन । सस्तो लोकप्रियताका लागि मान्यजूहरुबाट जुन हर्कत भएको छ त्यो निन्दनिय छ । जनताबाट निर्वाचित भएर गएपछि यस्ता किसिमका हर्कतले जनतामा निराशा बढाउँछ । यस्ता हर्कतले संसदको गरिमा पनि घटाउँछ ।
ग्ण्डकी प्रदेशको हकमा मुख्यमन्त्रीको गृहजिल्लामा मात्र बजेट फोकस भयो भन्ने टिप्पणीलाई तपाइले कसरी लिनुभएको छ ?
ग्ण्डकी प्रदेश मेरो पनि प्रदेश हो । मुख्यमन्त्री मेरा पनि नेता हुन् । बजेटमा सन्दर्भमा भने त्यहाँ पुर्व प्रधानमनत्रीको जिल्ला भएर पनि होला तयही क्षेत्रमा दुइ पुर्व प्रधानमन्त्री पनि छन् । मुख्यमन्त्रीको क्षेत्रमा २ जना पुर्व प्रधानमनत्रीको क्षेत्र पनि त्यही हो त्यसकारण सबै क्षेत्रको प्रेसरले गर्दापनि बजेट अलिकति बढी भएको हुन सक्छ । तर मुख्यमन्त्रीले मेरो जिलला हो भनेर बढी बजेट हाल्नुभएको हो जस्तो मलाइ लाग्दैन । उनले आफ्नो निर्वाचन क्षेत्र भएको हुँदा आफुले बोल्नुभएको पनि होला त्यसकारणले पनि त्यहाँ बढि बजेट गएको होला । तर मलाई सरसर्ती हेर्दाखेरी त्यो बजेट त्यहाँ बढी भएको देख्दिन अन्य जिल्लाको तुलनामा बढी होला तर जुन कुरा मिडियामा आएको छ त्यो होइन जस्तो मलाई लाग्छ । तर त्यति धेरै बिवाद हुने गरी त्यो ठाउँमा बजेट गयो जस्तो मलाइ लाग्दैन ।
तपाएपनि भावि दिनको सांसद हो त्यसकारण बजेटको आकार कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
मलाइ के लाग्छ भने अहिलेको बजेट शिक्षा क्षेत्रमा बढी फोकस हुनुपर्छ । अर्को बजेट स्वास्थ्यमा लगाउने एउटा क्षेत्र जुन छ त्यो क्षेत्रलाई हामीले सधैका लागि इन्ड गर्दिउ की त्यो खालको बजेट भयो भने मुलुकको बिकसित हुँदै अगाडी बढ्न सक्छ । हरेक समस्यालाई एक एक गरी समाधान गर्ने खालको बजेटको आवश्यकक्ता छ ।
युवापलायन रोक्नका लागि बजेट कस्तो आकारको हुनुपर्छ ?
यदी कृर्षिकै कुरा गर्ने हो भने पनि युवाहरुले उब्जानी गरेको समानको ठेक्का सरकारले लिने हो भने कसैले पनि पलायन हुनु पर्दैन । बजार सरकार हुने कृर्षिलाइ आधुनिकरण गर्दै जाने हो भने कुनै युवाले बिदेशिनु पर्दैन । तर कृषकले उब्जाएको समान सरकारले लिनुपर्ने हुन्छ अनि कृषकको सहजताका लागि सरकारले आवश्यक बजेट बिनियोजन गर्नुपर्ने हुन्छ । त्यो ब्यवस्था त्यो सिस्टम ल्याउँ त बरु बाहिरबाट मान्छे काम गर्न आउँछ हाम्रा युवाले पलायन हुनु पर्दैन ।

