शव जलाउने मेसिन खरिदमा भ्रष्टाचार, १७ जनाविरुद्ध मुद्दा

काठमाडौं । पशुपतिमा शव जलाउने बिद्युतीय मेसिन (फर्नेस) खरिदमा भ्रष्टाचार गरेको आरोमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्यसचिव मिलन थापासहितविरुद्ध आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले कोषका बोर्ड सदस्य तथा कर्मचारी तथा ठेकदारलाई पनि प्रतिवादी बनाएको छ । कोषले म्याप इन्टरपेनर्स प्रालिसँग मेसिन खरिद गरेको थियो।

मिलेमतोमा मेसिन खरिद गरेको भन्दै साढे १० करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार