काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदामचोकमा एक युवकमाथि चक्कु प्रहार भएको छ ।
गोदामचोक बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि शनिबार राति १० बजेतिर चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
आपसी विवाद भएपछि सोही ठाउँ बस्ने ३२ वर्षीय महेश्वर लामाले उनीमाथि चक्कु हानेको आरोप छ । चक्कु प्रहारबाट घाइते भएका उनलाई सुरुमा गोदाम स्वास्थ्य चौकीमा उपचार गराइएको थियो ।

