२०८२/ ८३ को बजेट सार्वजानिक भएसंगै केन्द्रदेखि प्रदेश सम्म हल्लाखल्ला मच्चिएको छ । असार ८ गते संसदमा सत्ता पक्ष र सत्ता बाहिरका नेताहरुको आक्रोश राम्रै सँग देखियो । सरकार अर्थमन्त्री र बिशेषगरी उपप्रधान तथा सामाजिक बिकास मन्त्री प्रकाशमान सिंहमाथी एमाले नेता सुर्यथापा आक्रोश पुर्ण तरिकाले प्रस्तुत भए ।
गणेशमान सिंहका संस्थामा बिनियोजन भएको बजेटले गणेशमानकै नाममा न्याय नहुने भन्दै ज्यादैनै भद्दा टिप्पणी गर्दै आक्रोश पोख्ने क्रममा प्रकाशमान गणेशमानका छोरा हुन कि हैैनन् भन्दै झटारो हान्न भ्याए । आफ्नो लागी छुट्याईएको अधिकांश समय प्रकाशमान प्रति नै लक्षित गरेका थापाले यदी बजेटमा पर्नविचार नगरे प्रधानमन्त्रीले आफ्नो टीमको पुनर्विचार गर्नपर्ने भन्दै प्रधानमन्त्रीलाई पनि दबाब दिएका छन् ।
बजेट बिबाद, उच्चस्तरका नेताको प्रतिक्रिया र हालको राजनैतिक परिवेशलाई हेर्नेहो भने ८ गतेको संसदले सरकारको आयुको काउन्टडाउन शुरु भएको बिश्लेषण हुन थालेको छ ।
‘

