काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्को चोकमा ओभरपास निर्माणले पूर्णता पाएको छ ।
पटक–पटक भाका सार्दै सम्पन्न भएको ओभरपास आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो विधिवत रूपमा उद्घाटन गर्नेछन्। फ्लाई ओभर निर्माणका क्रममा सास्ती भोगिरहेका नागरिक अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाण्डौ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

