काठमाडौं । शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणमा छानविनको माग राख्दै संसदमा भइरहेको अवरोध खुलाउने, बजेटमाथिको छलफल र विधेयकहरू अघि बढाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
नेकपा माओवादीले संसद् अवरोध खुलाउन सहमति गरेपनि चौथो दल रास्वपा र अर्को दल राप्रपा विरोधमा छन् ।

